Breaking News

गण्डकी प्रदेशमा ३२ जना संक्रमित थपिए, कहाँ कति ?


    

पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार भरतपुर अस्पताल चितवन र प्रदेश क्षय रोग केन्द्र पोखरामा गरिएको परिक्षणमा थप ३२ जनामा कोरोना  संक्रमण पुष्टि भएको हो ।

शुक्रबार पुष्टि भएका संक्रमितमध्ये नवलपुरमा १९, तनहूँमा ९, पर्वतमा ३ र बागलुङमा १ जना रहेका छन् । निर्देशनालयका अनुसार नवलपुरको कावासोतीमा ११ पुरुष र ३ महिलामा कोरोना पुष्टि भएको छ । यसैगरि, नवलपुरकै मध्युबिन्दुमा ४ पुरुष र १ महिलामा कोरोना पुष्टि भएको छ ।

तनहूँको भिमादमा २ र ऋषिङमा ७ पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस्तै, पर्वतको बिहादी, फलेबास र पैँयुमा एक एक गरि ३ पुरुषमा कोरोना पुष्टि भएको छ । बागलुङको जैमिनीमा पनि कोरोना भाइरसका एक पुरुष संक्रमित फेला परेका छन् । यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या १०६३ पुगेको छ । 



 

No comments